अनिल तिवारी
सिमरा, २२ कार्तिक । ईलाका प्रहरी कार्यालय सिमराले २ महिना कैद फैसला भै फरार रहेको एक जना ब्यक्तिलाई प्रकाउ गरी अदालतको फैसल अनुसार करागार पठाएको छ । पक्राउ पर्नेमा साविक पिपरा सिमरा २ र हाल जीतपुरसिमरा उपमहानगरपालिका २ बस्ने कृष्णबहादुर लामाका छोरा ५० वर्षिय रुस्तम लामा रहेका छन् ।  तन्कालिन नारायणी अञ्चल अदालतले मिति २०४७÷११÷०८ गते फैसला आदेश गरी निजलाई २ महिना कैद र ३४० रुपौया नगद जरीवाना सजाय सुनाएको थियो । तर निज त्यही समयदेखि फरार रहेको थिए ।

 

लुकिछिपी बसेका लामालाई प्रहरीले २१ ग्ते प्रकाउ गरी सम्मानिय जिल्ला अदालत बारालाई बुझाएको र अदालतको नियर्ण अनुसार निजलाई करागार चलान गरेको हो । यसैगरी जिल्ला प्रहरी कार्यालयले विभिन्न मिति र समयमा बिभिन्न स्थानबाट भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राएका समान बरामत गरी भन्सार पठाएको छ । विभिन्न समयमा जील्लाबाट खटि गएको प्रहरीको टोलीले करिब २ लाख ८९ हजार ४ सय ११ रुपैयाको समान बरामत गरी भन्सार पढाएको हो ।

 

 

प्रहरीले लत्ताकपडा, हार्डवेयरका समान, गुटखा र उक्त मालसमान बोक्न प्रयोग गरेको २ वटा मोटरसाईकल समेत वेवारिसे अवस्थामा बरामद गरी भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागी मुल भन्सार कार्यालय बिरगंज पर्सामा पठाईएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here