आर.के. चौधरी

सखुवाप्रसौनी,पर्साको पटेर्वासुगौली गाउँपालिका वडा ४ को भतौडाबाट प्रहरीले साइकलमा लोड गरेर ल्याउदै गरेको अवस्थामा ८ थान काँचो सालको गोलिया काठ बरामद गरेको छ ।

प्रहरी चौकी रंगपुरका सहायक निरीक्षक गोपाल यादवकोे टोलीले नजिकैको वन क्षेत्रबाट ४ वटा साइकलमा लोड गरेर ल्याउदै गरेको अवस्थामा काँचो सालको गोलाया बरामद गरेको हो । ४ फिटको ५ थान, ३.५ फिटको २ थान र ७ फिटको एक थान गरी ८ थान काठ बरामद गरी प्रहरी चैकी रंगपुरमा राखिएको सहायक निरीक्षक यादवले जानकारी दिनुभयो ।

Leave a Reply