काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा चाहिएको बताउनुभएको छ । राष्ट्रिय स्वाधीनता, स्वाभिमान, संविधान र संसदमाथि नै घोर अपमान हुने खालको अभिव्यक्ति आएकाले प्रधानमन्त्रीले राजीनामा दिन आवश्यक रहेको ओलीको प्रष्टीकरण थियो ।प्रधानमन्त्री प्रचण्डले केही दिनअघि भारतीय नागरिक प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन भारतसँग पटक–पटक पहल गरेको अभिव्यक्ति दिएपछि एमालेलगायतका विपक्षी दलहरूले राजीनामा माग गर्दै बुधवार संसद् बैठकमा अवरोध गरेका थिए । त्यसलगत्तै ओलीले सञ्चारकर्मीमाझ त्यस अभिव्यक्तिबारे प्रधानमन्त्रीको स्पष्टीकरण नभई राजीनामा नै आफ्नो पार्टीलाई चाहिएको बताउनुभयो ।उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले राम्रो काम गर्नुभएन । उहाँले राष्ट्रिय स्वाभिमान, स्वाधीनतामाथि, संविधानमाथि, संसदमाथि घोर अपमान हुने खालको अभिव्यक्ति दिनुभयो । यसले गर्दा उहाँले राजीनामा गर्नु आवश्यक छ । कसले उहाँलाई स्पष्टीकरण दिनु भन्यो, कहाँ ? हामीलाई स्पष्टीकरण होइन राजीनामा चाहिएको छ ।’एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले केही पनि राम्रो काम नगरेको जिकिरसमेत गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here