निजगढ,निजगढ नगरपािलका वडा नम्बर ११ निवासी नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि रामकुमारी गोले यात्रु बसको ठक्करबाट घाइते हुनुभएको छ ।निजगढबाट हेटौडा जाने क्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ गुम्बाचोकस्थित पूर्वपचिम राजमार्गमा बसको ठक्करबाट गोले बिहीवार दिउसो गंम्भीर घाइते हुनुभएको हो ।

विराटनगरबाट नारायणघाटतर्फ जाने ना ८ ख ७२९८ नम्बरको यात्रु बाहक बस चढेर हेटौडा जानुभएकी गोले बसबाट ओर्लिए लगत्तै सोही बसको पछाडिको भागले ठक्कर दिएको थियो । बस मोडिने क्रममा पछाट्टिको भागले ठक्कर दिदा गोले घाइते बनेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।गोलेको हेटौँडा अस्पतालमा उपचारपछि थप उपचारको लागि काठमाण्डौंको बि एण्ड बि हस्पिटलमा भर्ना गरेर उपचार भइरहेको छ । गोलेको दाहिने हातको औलामा चोट लागेको छ भने ढाडमासमेत असर परेको छ । घाइतेको अवस्था सुधार हुँदै आएको प्रहरीले बताएको छ ।

Leave a Reply