पुष्पराज खतिवडा

मनहर्वा,साना किसान लघुवित्त वित्तीय संस्था ईलाका कार्यालय हेटौंडाको आयोजनामा सोमबार सिमरामा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

यूकेएड् र सीप परियोजनाको सहयोगमा बारा, पर्सा र रौतहटका ३२ वटा साझेदार साना किसान कृषि सहकारी संस्थाहरुको प्रोफाईल तयार गर्ने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको वित्तीय संस्थाले जनाएको छ ।

बैदेशिक रोजगारीमा जाने कामदारको पक्षमा वातावरण निर्माण, विदेशबाट फर्किआएकाहरुले सिकेका सीपलाई व्यवसायमा रुपान्तरता गर्न सघाउने काम सीप परियोजनाले गर्दै आएको छ । कार्यक्रम अन्तरगत बारा, पर्सा र रौतहटमा वित्तीय संस्थाले साना किसान सहकारीहरुमार्फत कामको थालनी गरेको परियोजनाका संयोजक कृष्ण अर्यालले जानकारी दिनुभयो ।

कार्यक्रम कार्यान्वयनका सम्बन्धमा अन्तरक्रियामार्फत साना किसान सहकारीका पदाधिकारीलाई सुझाउने र बैदेशिक रोजगारीमा जाने वा गएका र ३ वर्षभित्र फर्किएका कामदारलाई वित्तीय शिक्षा दिने काम सीप परियोजनामार्फत गरिने उहाँले बताउनुभयो ।

कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड ईलाका कार्यालय हेटौंडाकी प्रबन्धक कृष्णकुमारी शर्मा, सीप परियोजनाका तथ्याङ्क तथा सूचना विज्ञ उज्वल दाहाल, बरिष्ठ सहायक हरिशरणर ढकाल, फिल्ड कोअडिनेटर पुष्पराज मैनालीले सहभागीहरुलाई सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा तीन जिल्लाका ३२ वटा साना किसान कृषि सहकारी संस्थाका ९६ जनाको सहभागिता रहेको थियो ।

Leave a Reply