अहिले कतारमा फिफा बिश्वकप फुटबल भइरहेको छ । बिश्व खेल जगता यो प्रतियोगिताको निकै महत्व रहदै आएको छ । हरेक चार÷चार वर्षमा हुने यस्ता प्रतियोगिताले बिश्वको खेत जगतसंगै बिश्वका कतिपय व्यक्तिहरुलाई नजिक गराउने कार्य पनि भइरहेको छ ।
भलै नेपालको प्रतियोगितामा अहिलेसम्म सहभागिता रहेको छैन अब आशा गरौं आगामी वर्षहरुमा भने नेपालको पनि सहभागिता रहनेछ । बिश्वकपको कुरा गर्दा दक्षिण अमेरिकी देश ब्राजिलको कुनै समय दबदबा थियो ।
तर, यस पटक भने सेमीफाइनलको चरण हुनु अगाडि नै ब्राजिल घर गएको छ । यसले के संकेत गर्छ भने अब बिश्वकपमा पनि नयाँंहरुको दबदबा बढ्दै गइरहेको छ भन्ने नै देखिन्छ । यस पटकको बिश्वकप जारी रहेता पनि नयाँ वा यसअघि बिजेता नरहेकाहरुले पो उपाधि हात पार्ने हो कि भन्ने आंकलन गर्न थालिएको छ ।
नेपाली राजनीतिमा पनि ब्राजिलको चर्चा भइरहेको छ । आइतबार मात्रै कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्मा र गगन थापाहरुले आफ्नै पार्टीका सभापित शेरबहादुर देउवा ब्राजिल जस्तो भएको भन्दै घर जान भनेका छन् । अथवा संसदीय दलको नेताबाट देउवा पछाडि हट्नुपर्ने कुरा उठाएका छन् र यो भनेको युवा पुस्ता प्रधानमन्त्रीका लागि तयार छ भन्ने आशय गगनहरुको हो ।
र कांग्रेसमा पनि अहिले यही नयाँ र पुरानको लडाइ जारी छ । अब देउवासंगै मुख्य त माओवादी र एमालेमा पनि बाजे उमेरमा पुगेका सबै नेताहरुलाई प्रधानमन्त्रीका लागि स्वीकार्य नहुने जनाऊ नागरिकहरुको छ र स्वयम् त्यही पार्टीका युवा नेताहरुले पनि भनेकाले अब बिश्वकपमा ब्राजिल बाहिरिएसंगै नेपाली राजनीतिका बाजेहरु पनि राजनीतिबाट बाहिरिनुको विकल्प छैन ।












