निजगढ,बारा जिल्लामा सरकारी जग्गा किर्ते गरेर बिक्री गर्ने गिरोहका दुई जना व्यक्तिहरू पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौँस्थित जि.टि.एच. प्लास्टो इन्डष्ट्रि प्रा.लि.का प्रतिनिधि विकास गुप्ता र जग्गाको वारेस नामा लिने भनिएका हेमन्त रिसाल रहेका छन् ।

उनीहरूले बाराको करैयामाई गाउँपालिका तेतरिया क्षेत्रको करिब २१ बिगाहा ७ कठ्ठा २ धुर सरकारी जग्गालाई नक्कली कागजात खडा गरेर बिक्री गर्ने प्रयास गरिरहेका थिए । मालपोत कार्यालय बाराबाट प्राप्त जानकारी अनुसार, उनीहरूले सो जग्गाको नक्कली लालपुर्जा प्रमाणपत्र बनाएर मालपोत कार्यालयमा स्रेस्ता कायम गर्न माग गरेका थिए । तर उनीहरुले पेस गरेको कागजात मालपोत कार्यालयबाट जारी नभएको नदेखिएपछि जिल्ला प्रहरी कार्यालय बारामा उनीहरूलाई आवश्यक कारबाहीका लागि पठाइएको बताइएको छ ।

Leave a Reply