धर्मेन्द्र तिवारी

कलैया,कलैया उपमहानगरपालिकाले बजार क्षत्रेमा अव्यवस्थित रुपमा बनाइएका टहराहरु हटाउने अभियानमा शुक्रवारबाट सुरु गरेको छ ।

उपमहानगरपािलकाका प्रमुख बिनोद साहले कलैयाको मुख्य बजार क्षेत्रमा अवैध रुपमा निर्माण गरिएको तरकारी र फलफुल बजारको टहरा हटाउने अभियान सुरु गर्नुभएको हो । अव्यवस्थित टहरा हटाउन नगर प्रमुख साह कलैया उपमहानगरपालिकाका नगर प्रहरी र जिल्ला प्रहरी कार्यालय बाराको प्रहरीले टोलीसहित आफै बजार क्षेत्रमा पुग्नुभएको थियो ।

कलैया बजारमा किनमेल गर्न आउने ग्राहकहरुलाई हिडडुल गर्न सास्ती भएको र अव्यवस्थित घरटहराले बजारको सौन्दर्यससमेत बिगारेको गुनासो बढेपछि अबैध टहरा हटाउन लागिएको नगर प्रमुख साहले बताउनुभएकोछ । नगर प्रमुख साहले बजार क्षेत्रमा टहरा राखेर गुजारा गर्दै आएका व्यवसायीहरुको लागि भने केही दिनभित्र उपमहानगरपालिकाले व्यवस्थापन गर्ने पनि बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here