बसन्त लामा
सिंगौल,निजगढ नगरपालिका र एकता नेपालको आयोजनामा दलित र आदिवासी महिलाहरुको लागि आयोजना गरिएको ८ दिने नेतृत्व तथा क्षमता विकास तालिम निजगढको सिगौलमा शनिवारबाट सुरु भएको छ ।वडा नम्बर ३ मा निजगढ नगरपालिका नगर कार्यपालिका लक्षित कोष अन्तर्गत ८ दिने नेतृत्व तथा क्षमता विकास तालिमको एक समारोहबीच उद्धाटन गरिएको हो ।निजगढ नगरपालिकाको कार्यपालिका सदश्य तथा एकता नेपालकी सचिव पवित्रा सुनुवारले व्यानर पढेर कार्यक्रमको उद्धाटन गर्नुभएको थियो ।

कार्यक्रम एकता नेपालकी अध्यक्ष धनमाया लामाको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमको विशिष्ट अतिथिमा नेकपा माओवादी केन्द्र मधेस प्रदेश कमिटी सदस्य रविराज दंगाल, कार्यपालिका सदश्य मानबहादुर डासेली, अतिथि सीता जिम्बा, भिमसेन सापकोटा रहनुभएको थियो ।कार्यक्रममा बोल्दै कार्यपालिका सदश्य मानबहादुर डासेलीले आफ्नो मनबाट बोलौ बोलौ लागेपनि बोल्न नसक्ने अवस्थालाई कार्यक्रमाले महिलामा क्षमताको विकास हुने बताउनुको साथै कार्यक्रम संचालन गरेकोमा एकता नेपाल संस्थालाई धन्यवाद समेत दिनु भएको थियो ।
कार्यक्रमा आफ्नो भनाइ राख्ने क्रममा तालिम कार्यक्रमले महिलाहरुलाई अन्तरआत्माबाट बलियो बनाउन सहयोग पुग्ने र कार्यक्रमका विशिष्ट अतिथि रविराज दंगाल बताउनुभएको छ ।त्यस्तै एकता नेपालकी अध्यक्ष धन माया लामाले कार्यक्रमले आउदा दिन आफ्नो क्षमता बढने र महिलाको तर्फबाट समाजको नेतृत्व समेत गर्न सहयोग पुग्ने धारणा राख्नुभएको थियो ।
उद्धाटन कार्यक्रमको संचालन एकता नेपालकी सचिव समिता चौलागाईले गर्नुको साथै स्वागत मनतव्य नगर कार्यपालिका सदश्य पवित्रा सुनुवारले गर्नुभएको थियो ।कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ३ सिगौलका अधिकास महिलाको सभागिता रहेको आयोजले बताएको छ । कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, वुद्धिजीवी, शिक्षक र स्थानीयबासीको बाक्लो सहभागिता रहेको थियो ।त्यस्तै निजगढ नगरपालिका वडा नम्बर १ सिंगौलमा ‘हाम्रो प्रतिबद्धता महिला हिसा विरुद्ध आवाज’ भन्ने मुल नाराका साथ १० दिने महिला हिंसा न्यूनीकरणको लागि शुरु गरिएको गोष्ठी कार्यक्रमको शनिवार समापन गरिएको कार्यपालिका सदस्य फुलमाया लोप्चनले बताउनुभएको छ ।

















