रौतहट,जेन जी आन्दोलनको क्रममा आगजनीबाट क्षति पुगेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको भवन मर्मतमा स्थानीय बासिन्दा आफैं जुटेका छन् ।आन्दोलनकारीद्वारा गरिएको आगलागीले भवनको भौतिक संरचनामा क्षति पुगेको छ भने अधिकांश फर्निचर जलेर नष्ट भएका छन । भवन अभावका कारण प्रहरीले नियमित कामकाज तथा सुरक्षा व्यवस्थामा कठिनाइ भोगिरहेका बेला स्थानीय युवाहरु स्वयम स्फूर्त रुपमा मर्मतमा सक्रिय भएका हुन । उनीहरूले जलेको भवनको सफाइ गरेका छन् र आर्थिक सहयोग तथा जनश्रमदान गर्न आम नागरिकलाई आह्वानसमेत गरेका छन ।आगजनीबाट कार्यालयभित्र रहेका मोटरसाइकल, भ्यान लगायतका सामग्री जलेका थिए भने घुसपैठियाहरुले विभिन्न सामानसमेत चोरेर लगेको प्रहरी कार्यालय मर्मत तथा सहयोग रकम संकलन अभियानमा सक्रिय रुपेश जैसवालले बताउनुभयो ।

















