सिमरा,अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर नयाँ गोरेटो पुर्नस्थापना केन्द्रले सिमरामा र्याली निकालेको छ ।
रिकभरीङ्ग नेपाल मधेस प्रदेशको आयोजना तथा ईलाका प्रहरी कार्यालय, लायन्स क्लब अफ सिमरा युथ र बारा प्लसको सहयोगमा केन्द्रले र्याली निकालेको हो । जीतपुरसिमरा २ स्थित सम्झौता टोलबाट निकालिएको ¥याली वडा नं. १ को कार्यालय हुँदै नयाँ गोरेटो पुर्नस्थापना केन्द्रको परिसरमा पुगेर सम्पन्न भएको थियो ।
र्यालीको संयोजन नयाँ गोरेटो पुर्नस्थापना केन्द्रका व्यवस्थापक बबिन सुब्बाले गर्नुभएको थियो । र्यालीमा स्थानीय रामबाबु लामा, सिर्जना चौलागाई, दीपेन्द्र श्रेष्ठ, आकाश धौजु, धिरज शर्मा, विद्यार्थी जागरण मञ्चका ध्रुव क्षेत्री, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी सहायक निरीक्षक केशव कार्कीलगायतको उपस्थिति रहेको थियो ।
प्रत्येक वर्ष डिसेम्बर १० तारिकका यो दिवस मनाउने गरिएको छ । यस वर्ष मर्यादा, स्वतन्त्र र सबैका लागि न्याय भन्ने नारासहित यो दिवस मनाइएको हो ।



















