दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको महागढीमाई नगरपालिकामा मंगलवार नगरपालिका स्वास्थ शाखाको आयोजनामा दादुरा रुबेला खोप सम्बन्धी नगर स्तरीय खोप समन्वय समितिको अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।नगरपालिकाको कार्यालय बरियारपुरमा भएको गोष्ठीमा आगामी २०८० फाल्गुन २०–२४ गतेसम्म सञ्चालन हुने दादुरा रुबेला खोप विरुद्धको अभियानमा पालिकाभित्रका ९ महिनादेखि १५ वर्ष उमेर समुहका बालबालिकाहरूलाई खोप लगाइने जनस्वास्थ्य शाखाका मनोज चौरसियाले जानकारी गराउनुभयो ।

कार्यक्रममा चौरसियाले दादुरा रुबेला खोप लगाएका बालबालिकाहरुमा विभिन्न रोगको संक्रमण हुननसक्ने बताउनुभयो । साथै पालिकाका करिव २९४३९ जना बालबालिकालाई अनिवार्य रूपमा सो खोप लगाइने उहाँले जानकारी दिनुभयो ।
महागढीमाई नगरपालिकाका नगर उपप्रमुख तारादेबी कानुको अध्यक्षतामा सम्पन्न सो गोष्ठीमा डा कृष्णकुमार गुप्ताले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो । गोष्ठीमा निमित्त प्रमुख प्रशासकीय अधिकृत विजयप्रसाद कुशवाहा, डा कृष्णकुमार गुप्ता, नगरपालिकाकाभित्र रहेका वडा नम्बर १ देखि ११ नम्बरसम्मका वडा अध्यक्षहरु, लेखा अधिकृत मनिषप्रसाद कलवार, पालिकामा कार्यरत विभिन्न शाखाका शाखाका प्रमुखहरु, कर्मचारी लगायत स्थानीय जनप्रतिनिधिहरु र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply