सिकिन्द्र साह

सिम्रौनगढ,पचरौता नगरपालिकाका प्रमुख रमेशकुमार यादवले नगरपालिकाको मंगलवार बर्थिङ सेन्टरको उद्घाटन गर्नुभएको छ ।

नगर प्रमुख यादवले नगरपालिकाको वडा नम्बर ८ स्थित अमरपट्टीमा तीन कोठे बर्थिङ्ग सेन्टरको उद्धाटन गर्नुभएको हो ।

बर्थिङ्ग सेन्टरको उद्धाटन गर्दै नगर प्रमुख यादवले आफू निर्वाचित भएर आएपछि शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा प्राथमिकताका साथ काम गरेको बताउनुभयो । बर्थिङ्ग सेन्टरको स्थापना भएपछि अब नगरका कुनै पनि पहिलाले बच्चा जन्माउने क्रममा ज्यान गुमाउनु नपर्ने बताउनुभयो । ‘पहिले सुत्केरी ब्यथा लागेपछि जिल्ला अस्पताल कलैया जानु पर्ने अवस्था थियो, सेन्टरको उद्धाटन गर्दै उहाँले भन्नुभयो, अब गाउँमै सुत्केरी सेवा पाउने भएपछि महिलाहरुलाई सजिलो भएको छ ।’ उहाँले नगरपालिकाले हालसम्म ५ वटा बर्थिङ्ग सेन्टर संचालनमा ल्याएको जानकारी पनि दिनुभयो । नगरपालिकाकाले यसअघि हालैमात्र बेनौलीमा एउटा बर्थिङ सेन्टर संचालनमा ल्याएको थियो । बर्थिङ्ग सेन्टरमा सुत्केरी र गर्भवति महिलाको लागि २४ संै घन्टा सेवा उपलब्ध गराइदै आएको पनि बताइएको छ । कार्यक्रममा बर्थिङ्ग सेन्टर भवन निर्माण गर्न जग्गा दान गर्ने स्थानीय हरिनारायण चौधरीलाई खादा औढाएर सम्मानित पनि गरिएको थियो ।

कार्यक्रममा नगरपालिका कार्यालयका स्वास्थ्य संयोजक नवलप्रसाद यादव, अनिलप्रसाद साह, अनमी नेहाकुमारी ठाकुर, विजेता चौधरी र बुधन राय यादव, समाजसेवी अखिलेस यादव लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here