मनहर्वा,लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुसंग शुक्रवार अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । जीतपुरसिमरा उपमहागरपालिका वडा नं. १८ बडहर्वामा सम्पन्न कार्यक्रमको उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले उद्धाटन गर्नुभएको हो ।
‘सभ्य समाजको पहिचान लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रमलाई उपमहानगरकी शाखा प्रमुख दुर्गा न्यौपाने र सहायक रंजु अधिकारीले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा नगर उपप्रमुख अधिकारी, प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेल, कार्यपालिका सदस्य बुद्धकुमारी अधिकारी, पवित्रामाया कार्की, सोममाया कुमारी लगायतको सहभागिता थियो ।

















