झण्डै दश वर्ष अगाडि शिलान्यास भएको तराई मधेस दु्रर्तमार्ग अथवा फास्ट ट्याक नेपालका लागि गौरवको कुरा हो । त्यसो त तराई मधेसका नागरिकहरुका लागि त यो जीवन नै हो ।संघीय राजधानी काठमाडौं जोड्ने यो मार्ग मकवानपुरसहित तराई मधेसका नागरिकहरुका लागि निकै उपयोगी हुने नै छ । जति सुकै संघीयताको कुरा फलाकेपनि सानो तिनको कामको लागि पनि नागरिकले संघीय राजधानी काठमाडौं जानु पर्ने बाध्यता कायम नै छ । शिक्षा,स्वास्थ्य र राजनीति समेत गर्नका लागि काठमाडौं जानु पर्ने अवस्था छ । यस्तो अवस्थामा तराई मधेसका नागरिकहरु निकै जोखिम मोलेर काठमाडौं गइरहेका छन् ।

हाल काठमाण्डौं पुग्ने बाटो भनेको बाटो जस्तो पनि छैन । फास्ट ट्याक बन्ने कुरा आएपछि भने एउटा आशाको दीयो जगाएको हो । शुरुमा यो बन्ने नबन्नेमा अन्यौल थियो तर अब भने बन्ला कि भन्नेमा आशा जगाइ दिएको छ ।फास्ट ट्याक बन्नुको विकल्प त छैन तर सरकारमा रहेकाहरुको सोच अनि कतै कतै देखिएको अवरोधका कारण कहिले हो कहिले हो भन्नु पर्ने अवस्थामा अहिले पछिल्लो समय बनेको अवस्था हेर्दा यसले आशा जगाएको छ ।हुनत यो अब आउदो सालको अन्त्यतिर सक्नु नै पर्दछ तर यो समयमा नसकिएपनि अर्को एक वर्षपछि नै सकियो भनेपनि गर्वको कुरा हो ।

नेपाली सेनाले निर्माणको जिम्मा लिएपछि अलिक बढी आशा पलाएको हो र सरकारले काम पनि गरिरहेको छ नै । सरकारसहित सेनाले काम गरिरहेका कारण आश पलाएको छ । यो बाटो बनाउनका लागि अवरोध नगरौं । बरु सयोग गरौं यो सबैका लागि उचित हुनेछ ।

Leave a Reply