निजगढ,डिभिजन सडक कार्यालय हेटौडाका प्रमुख एवंम डिभिजनल इन्जिनियर राजेशकुमार यादवले सोमवार निजगढ ८ को बकैया बाढी कटान क्षेत्रको निरीक्षण गर्नुभएको छ ।निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको आग्रहमा डिभिजनल इन्जिनियर यादवसहित कार्यालयको प्राविधिक टोलीले पूर्वपश्चिम राजमार्गको बकैया पुल उत्तर र दक्षिणतर्फको कटान क्षेत्रको निरीक्षण गरेको हो ।नगर प्रमुख पुरीले सडक कार्यालयको प्राविधिक टोलीलाई नगरपालिकाले मोहोरी क्षेत्रबाट ठूला ढुङ्गा ल्याएर र भत्केको सडक ढलानको स्ल्याब राखेर कटान रोकथामको लागि गरेको प्रयास बारे जानकारी गराउनुभएको थियो । उहाँले नदी कटान र बाढीको समस्या समाधान गर्न तत्कालको लागि बकैया पुल मुनिको पश्चिमी भागबाट नदी च्यानलाईज गर्नुपर्ने र दीर्घकालिन समाधानको लागि बकैयामा पक्की तटबन्ध निर्माण गर्न पनि आग्रह गर्नुभएको थियो । ‘तत्कालको लागि नदी च्यानलाईज गरिनुपर्छ, नगर प्रमुख पुरीले भन्नुभयो, नदी नियन्त्रणको दीर्घकालिन समाधानको लागि पक्की बाध निर्माण गरिनुपर्छ ।’डिभिजनल इन्जिनियर यादवले पनि बकैया खोलाको पश्चिमतर्फको नदी उकास क्षेत्रलाई खनेर हटाइने बताउनुभएको छ । ‘केही कानुनी र प्राविधिक समस्याहरु छन, उहाँले भन्नुभयो, त्यसको हल गरेर नदीको पश्चिमतर्फको उकास क्षेत्रको मेटेरियल हटाइने छ । उहाँले खोलाको पश्चिमतर्फ थुप्रिएको ढुङ्गा, गिटी र बालुवा हटाएपछि खोलाको धार दुबैतर्फ बाँडिने र निजगढको आवादी क्षेत्रतर्फ हाल भइरहेको कटान रोकथाम हुने बताउनुभयो ।इन्जिनियर यादवले नगरपालिका र विपद् व्यवस्थापन समिति बाराको सहकार्यमा उक्त क्षत्रेमा थुप्रिएको ढुङ्गा, गिटी र बालुवा हटाएर पुलसंगै निजगढको बस्ति र राजमार्गलाई पनि सुरक्षित पारिने जानकारी दिनुभयो ।पश्चिमतर्फको सतह उकासिएपछि केही वर्षदेखि बकैया खोलाले धार परिवर्तन गरेर पुलको तटबन्ध क्षेत्रमा क्षति पु¥याउदै आएको छ । २ साताअघि आएको बाढीले पूर्वी क्षेत्रको तटबन्धमा कटान तीव्र पारेपछि निजगढमा बाढी पस्ने खतरा बढेको थियो । नगरपालिकाको प्रयासमा नदी च्यानलाइजसंगै अस्थायी तटबन्ध निर्माण गरिएपछि हाल निजगढमा बाढी कटानको जोखिम कम भएको छ ।प्राविधिक टोलीद्वारा बकैया कटान क्षेत्रको निरीक्षणनिरीक्षणमा नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, वडा नम्बर ८ का वडा अध्यक्ष सुवर्ण लामा, सडक कार्यालयका इन्जिनियर रमेश पाण्डे, निजगढ नगरपालिकाका इन्जिनियर अशोक कुशवाह, सबइन्जिनियर नविन खनाललगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here