वीरगञ्ज,भारतको विहार राज्यस्थित पूर्वी चम्पारणाको छौडादानोमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) सुरेशप्रसाद काफ्लेको पुतला दहन भएको छ ।सयौँको सङ्ख्यामा उपस्थित स्थानीयहरूले एसपी काफ्लेले निर्दोष भारतीय नागरिकहरूलाई फसाएको भन्दै पुतला जलाउनुका साथै काफ्लेविरुद्ध नाराबाजी समेत गरेका थिए ।गत कार्तिक १३ गते बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिका – ६ मदर्शा टोलस्थित बाल एकता स्कूलका प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्या गरेको आरोपमा बारा प्रहरीले छौडादानो तीनकोनिया निवासी कामेश्वर सहनीको नाम जोेडेपछि आन्दोलित भएका स्थानीयले एसपी काफ्लेको पुत्ला जलाएका हुन् ।रुपेश हत्याकाण्डमा प्रहरीले सहनीलाई सुटर समूहका सदस्य भएको बताएको थियो । उनी ग्राम पञ्चायतका पूर्वसदस्य समेत हुन् । स्थानीयले घटनाको दिन उनी अन्यत्र रहेकोले रुपेश हत्याकाण्डमा उनको नाम जोडेर प्रहरीले उनलाई फसाउन खोजेको आरोप लगाएका छन ।रुपेशको हत्या भएको दुई दिनपछि बारा प्रहरीले पत्रकार सम्मेलन आयोजना गरेर उनको हत्यामा संलग्न रहेको आरोपमा पाँच जनालाई सार्वजनिक गरेको र गोली प्रहार गर्नेहरू अझै फरार रहेको बताएको थियो । गोली प्रहार गर्ने सुटर समूहमा भारत विहार राज्यको मोतिहारी जिल्लास्थित दर्पा थाना– १ सुक्लहिया गाउँका सुजीतकुमार सिंह, सोही स्थान बस्ने चञ्चल पाण्डे, मनिष कुमार सहनी र कामेश्वर सहनी रहेको प्रहरीले दाबी गरेको थियो । प्रहरीले उनीहरू एक महिना अगाडि भएको अर्को हत्याकाण्डमा समेत संलग्न रहेको दाबी गरेको थियो ।छौडादानोका स्थानीयहरूका अनुसार बारा जिल्लामा कुनै पनि घटना हुँदा नेपाल प्रहरीले सहनीसँगै सिंह, पाण्डे र मनिषको नाम जोड्ने गरेको छ । उनीहरूले सहनीको नाम आरोपितहरूको सूचीबाट हटाउन समेत माग गरेका छन् ।त्यसैगरी फरार सुटरको सूचीमा परेकाहरुमध्ये कामेश्वर सहनीले दोषी प्रमाणित गर्न एक भारतीय ‘यूट्यूब’ पुजारी न्यूज नेटवर्कमा खुलेआम बारा प्रहरीलाई चुनौती दिएकाछन ।सहनीले भनेका छन्, ‘मारिएका व्यक्तिसंग मेरो कुनै चिनजान छैन, भेटघाट छैन । न कुनै सम्पर्क छ न त कुनै आधार नै छ । तर जबरजस्ति मलाई फसाउने प्रयास हुदैछ ।’ यूट्यूबको ती अन्तवार्तामार्फत सहनीले फरार अभियुक्तको सूचीबाट आफ्नो नाम हटाउनमा पहल गर्न भारत सरकारको विदेश मन्त्रालयसंग माग पनि गरेका छन् ।विहारका सहनीले मात्रै होइन, यता बारामा पनि पक्राउ परेका शिक्षकद्वय निर्दोष रहेको भन्दै यहाँका नागरिक समाज र मृतक स्वर्णकारको घरपरिवारसमेतबाट विरोध प्रदर्शन भइरहेको छ ।यसरी पक्राउ परेकाहरु पनि निर्दोष रहेको भन्दै उनीहरुको समर्थनमा विरोध प्रदर्शन र मुख्य सुटरहरु भनिएकाहरुमध्ये पनि विरोध प्रदर्शन भएपछि घटनामा तरंग आएको छ ।

अपराधिलाई कानुनी दायरमा ल्याउन बारा एमालेको माग
धिरेन्द्र तिवारी
कलैया,नेपाल कम्यूनिष्ट पार्टी एमाले बाराले एक साताअघि कलैयामा हत्या गरिएका बाल एकता बोडिङ्ग स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्यामा संलग्न दोषि पत्ता लगाएर कडा कारबाही गर्न माग गरेको छ ।एमाले बारा जिल्ला अध्यक्ष विनोद साहले मंगलवार विज्ञप्ति निकालेर घटनाको सत्य तथ्य पत्ता छानबिन गरी कडाभन्दा कडा सजायको माग गर्नुभएको हो । ‘जिल्ला सदरमुकामको ब्यस्त स्थानमा दिन दहाडै यस्तो जघन्य घटना हुनुले नेपाल सरकार, सुरक्षा संयन्त्र र प्रशासन वृत्तमा समेत ठुलो चुनौति समेत देखिको हुँदा, अभिलम्ब अपराधिक समूहको खोजीमा कुनै कसर बाँकी नराखी उनीहरुलाई कानुनी दायरामा ल्याइयोस ।’ विज्ञप्तिमा भनिएको छ ।गएको सोमबार कलैयाको मदरसा टोलमा स्वर्णकारमाथि भएको गोली प्रहारबाट उनको मृत्यु भएको थियो ।

Leave a Reply