निजगढनेकपा एमाले निजगढ नगर वडा नम्बर ६ को मंगलबार भएको तेस्रो अधिवेशनले इमराज खनियाको अध्यक्षतामा २७ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा बालकृष्ण हुमागाई, सचिव घनश्याम तिमल्सिना र सहसचिवमा राधिका धिताल तथा सदस्यहरुमा हेमप्रसाद तिमल्सिना, श्यामकृष्ण घिमिरे, शंकलन तिमल्सिना, कृष्ण मोक्तान, कल्पना दहाल, निरन्जन अधिकारी, बालकृष्ण बजगाई, राजकुमार फुयाल, सागर तिमल्सिना, बमल बजगाई, अजय श्रेष्ठ, विमला दहाल, देवबी बजगाई, आशा श्रेष्ठ र जिवन तिमल्सिना चुनिनु भएको छ ।

नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एंव बारा जिल्ला इन्चार्ज बलवीर चौधरीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा एमाले बारा जिल्ला कमिटी सदस्य एकबहादुर श्रेष्ठ, नारायण गौतम, लिलादेवी लामिछाने र निजगढ नगर कमिटी अध्यक्ष दिलबहादुर लामाले अधिवेशन सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गुर्नभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here