मनोज शाह
जीतपुर,जग्गाको कित्ताकाट खोल्नु पर्ने माग गर्दै व्यवसायी र स्थानीयले जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेललाई ज्ञापनपत्र बुझाएका छन । उपमहानगरपालिकाभित्रको जमिनको कित्ताकाट नखुल्दा कारोबारमा समस्या परेको भन्दै उनीहरुले बुधवार नगर प्रमुख पौडेललाई ज्ञापनपत्र बुझाएका हुन ।
जिल्लाका अधिकांश स्थानीय तहले जग्गाको कित्ताकाट खुुल्ला गरिसकेको र जीतपुरसिमरा उपमहानगरले भने हालसम्म पनि नखोलेका कारण आफूहरु मारमा परेको भन्दै छिटोभन्दा छिटो जग्गा कित्ताकाट खोल्न ज्ञापनपत्र बुझाइएको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनोजकुमार गुप्ताले बताउनुभयो ।
जीतपुरसिमराका स्थानीय, व्यवसायी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले संयुक्तरूपमा मेयर पौडेललाई कार्यकक्षमै पुगेर ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझाएका हुन ।
ज्ञापनपत्र बुझ्दै मेयर पौडेलले यस विषय उपमहानगरले तत्कालै काम थाल्ने बताउनुभएको छ ।


















