आर. के.चौधरी

सखुवाप्रर्सौनी,पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर ९ एकटङ्गा टोलस्थित तिलावे नदीमा पुलको निर्माण थालिएको १२ वर्ष बितिसक्दा पनि पुरा हुन सकेको छैन । जिल्लाको थरुहट क्षेत्रका बासिन्दाको आवागमनको मुख्य सडकमा पर्ने सो पुला लामो समयदेखि अधुरो हुँदा स्थानीयले समस्या बेहोर्दै आएकाछन । यो पुल दैनिक हजारौंले प्रयोग गर्ने थरुहट सडकसंंग जोडिएको छ ।

पुलको निर्माण कार्य अधुरो रहेकोले खास गरी वर्षायाममा यात्रुहरुले आवतजावतमा कठिनाइ भोग्नु परेको स्थानीयवासीहरुको भनाइ रहेको छ ।

पप्पु कन्ट्रक्शन प्रालिले पुल निर्माणको ठेक्का लिएको थियो ।

Leave a Reply