कलैया,भारतीय नागरिक शिवपुजनप्रसाद यादवको हत्यामा संलग्न रहेको आरोपमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बाराको महागढीमाई नगरपालिका–२ निवासी प्रमोद रामलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।प्रमोदलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ । प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले मुख्य अभियुक्तलाई पक्राउ परिसकेको स्वीकार गर्नुभयो । उहाँले सोमबार पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी गराउने बताउनुभएको छ ।‘सुरुमा दुई जना आफन्तलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएका थियौं । उनीहरुको संलग्नता नदेखिएपछि छोड्यौंं’, उहाँले भन्नुभयो, ‘यसपटक मुख्य अभियुक्त नै पक्राउ परेका छन् । उनलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्छौ ।’७ पुस साँझ कलैया बारियारपुर सडकखण्ड अन्र्तगते महागढीमाई नगरपालिका– २ स्थित भुतही पुल नजिकै चिया नास्ता पसलबाट निस्कदै गरेका शिवपुजनको गोली हानी हत्या भएको थियो । उनी भारतीय प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेको व्यक्ति भएको बारा प्रहरीले जनाएको थियो ।

Leave a Reply