पुष्पराज खतिवडा
बारा,बाराको कोल्हबी नगरपालिका वडा नम्बर १० को अमावमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको सोमवार दशौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।कोल्हबीनगरपालिकाकी उपप्रमुख लक्ष्मीकुमारी चौधरीले सभाको अमाव मठ परिसरमा उद्धाटन गर्नुभएको थियो ।प्रमुख अतिति चौधरीले सहकारीले महिला सशक्तीकरणमामहत्वर्पूण योगदान दिएको बताउनुभयो । ‘यही समाजका महिला हिजो घरबाट निस्कन पाउन्नथे, उहाँले भन्नुभयो, तर आज सहकारी चलाएर काम गर्नसक्ने भएको देख्दा खुसी लागेको छ ।’ सहकारीले ल्याएको यो परिवर्तन जति प्रशंसा गरेपनि कम हुन्छ ।’ उहाँले भन्नुभयो ।
‘दीदिबहिनी मिलेर सहकारीमा जम्मा गरेको पैसा ऋणको रुपमा लिएर नतिर्नु गलत कार्य हो, उपप्रमुख चौधरीले भन्नुभयो, केही अवसरवादी समूहले ऋण तिर्नु पर्दैन भनेर उचालेको भरमा आफ्नै सहकारीमा ताला लगाउन खोज्नु अपराध हो ।’
कार्यक्रममा साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रीलाल सहनी, कृषि ज्ञान केन्द्र बाराका अध्यक्ष राजनारायण साह, नेपाल पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडा, साना किसान कृषि सहकारी संंस्था हरैयाका अध्यक्ष रामएकवालप्रसाद चौधरी, सपहीका प्रबन्धक अरुण चौधरीलगायत स्थानीय शिक्षक, जनप्रतिनिधि एवं सामाजिक अगुवाहरुकोसमेत उल्लेखनीय सहभागिता थियो ।
सात सय ३२ सदस्यका बीच करिब ६ करोडको कारोबार गरिरहेको सो संस्थाले गत आर्थिक वर्षमा कमाएको २१ लाख रकमबाट सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । सभाका अवसरमा सहकारीले एक दर्जन बढी शेयर सदस्यहरुलाई सम्मान गरेको छ । प्रमाणपत्र दोसल्लासहित संस्थासँगको उत्कृष्ट कारोबारकर्ता र सहयोगीहरुलार्य सम्मान गरिएको हो ।कार्यक्रम संस्थाकी अध्यक्ष रजवती चौधरीको अध्यक्षता एवं संस्थाका प्रबन्धक चित्रसेन चौधरीको संचालनमा सम्पन्न भएको थियो ।