वीरगञ्ज, हिन्दु परिषद् नेपाल प्रसौनीको बैठक सम्पन्न भएको छ । प्रसौनी गाउँपालिका वडा नम्बर ४ बगैँचास्थित श्री हनुमान मन्दिरको प्राङगणमा बैठक सम्पन्न भएको हो ।हिन्दु परिषद् नेपालका राष्ट्रिय अध्यक्ष सञ्जय कुमार सर्राफको प्रमुख आतिथ्यतामा बसेको बैठकले संस्थाको उद्देश्य पूरा गर्नका लागि विभिन्न विषयमा छलफल गरेको छ । यस्तै प्रथम प्रसौनी गाउँपालिका अधिवेशनका लागि नयाँ कार्यकारी सदस्य चयन गरिएको छ ।

अरबिन्द कुमार गुप्ताको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा बास्कीत साह कानु, मुनेश्वर ठाकुर (अनिल), सचिव अरबिन्द कुमार गुप्ता, सहसचिव सन्दिपकुमार गुप्ता, कोषाध्यक्ष सरबेशकुमार गुप्ता, सहकोषाध्यक्ष रविप्रसाद साह रहेकाछन् ।यसैगरी सदस्यहरुमा आलोक साह, कमल सहनी, ददनकुमार सर्राफ, राहुल साह, बिरेन्द्रकुमार मण्डल लगायतका रहेका छन् ।यस्तै वरिष्ठ सल्लाहकारमा शंकर केशरी, आनन्दकुमार गुप्ता, सौरभकुमार गुप्ता, सल्लाहकारमा लक्ष्मण महतो, नगिना साह, दरोगाप्रसाद र युद्धमान मानन्धर छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here