वीरगन्ज,सूचना र प्रविधिको क्षेत्रमा काम गर्ने संस्था कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ पर्साको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशन बुधवार सम्पन्न भएको छ ।

साधारण सभा तथा अधिवेशनको बन्दसत्रले प्रशान्त कुमारको अध्यक्षतामा ९ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सहमतिमा चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा संजय सकसेना, सचिवमा जीवनप्रकाश गुप्ता, कोषाध्यक्षमा सुरजबाबु पटेल चयन भएकाछन् । त्यसैगरी सदस्यहरुमा राहुलकुमार साह, राकेशकुमार साह, अर्जुनकुमार अधिकारी, विक्रम जैन र अर्जुनकुमार साह रहेका छन् । नयाँ कार्यसमितिलाई आजै प्रमुख निर्वाचन अधिकृत प्रमोद साहले प्रमाण पत्रसमेत प्रदान गर्नुभएको थियो ।

महासंघ पर्साका अध्यक्ष दिपक साहको अध्यक्षतामा वीरगन्जस्थित होटल अन्नपुर्णामा भएको अधिवेशन तथा साधारण सभालाई सम्बोधन गर्दै क्यान महासंघका प्रमुख निर्वाचन अधिकृत एवम् अधिवक्ता प्रमोद साहले प्रविधिको प्रयोग बढ्दै गएको हुँदा यसको महत्व पनि बढेको बताउनुभयो । हरेक क्षेत्र प्रविधिमैत्री बन्दै गएको र आईटी क्षेत्रको महत्व बढेको हुँदा यस क्षेत्रमा आवद्ध व्यवसायीहरु एकबद्ध हुनुपर्नेमा उहाँले जोड दिनुभयो । प्रविधिको विकाससँगै यसको महत्व हरेक क्षेत्रमा रहेको उहाँको भनाइ छ ।

क्यान महासंघका केन्द्रीय सचिव भुपालदास श्रेष्ठ, महासंघ मधेश प्रदेशका अध्यक्ष आलोककुमार चौरसिया, मधेश प्रदेशका कोषाध्यक्ष बिनोद गुप्ता, बाराका अध्यक्ष सञ्जय केशरी, पूर्वअध्यक्ष गणेशकुमार शर्मा, निर्वाचन अधिकृत राम सर्राफ, इमामुल अहमद लगायतले क्यानको आवश्यकतासँगै आईटीको उपयोगिता र महत्वका बारेमा धारणा राखेका थिए ।

कार्यक्रममा महासंघ पर्साका सचिव जीवनप्रकाश गुप्ताले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले अघिल्लो कार्यकालको गतिविधिबारेमो प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण क्यान महासंघ पर्साका सदस्य राहुलकुमार साहले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here