वीरगंज – वीरगंज प्रिमीयर लिग (बि.पि.एल) टि–२० क्रिकेट प्रतियोगीताको सोमबार भएको फाईनल खेलमा पहिलो ईनीङ्गमा सिंह ११ ले १० विकेट गुमाई २० ओभरमा १४० रन बनाई १४१ रनको लक्ष्य विरगंज स्टारलाई दिएको थियो । सो लक्ष्यलाई पार गर्दै विरगंज स्टार्सले ६ विकेट गुमाई १९ ओभरमा आफनो लक्ष्यपुरा गरी विरगंज स्टार्सले खेल जितेको थियो ।
जित्ने प्रथम टिमलाई २ लाख ५० हजार नगदरासी दिने निर्णय भएको छ भने दृतयि हुने सिंह–११ लाई १ लाख ८० हजार नगद राशी दिने निर्णय भएको बि.पी.एल का व्यवस्थापक शेख रुषतम ले बताउनु भएको छ । विजेता खेलाडिहरुलाई प्रदेश नं.२ को सामाजी मन्त्रि नवल किशोर साह ले प्रथम र दृतीय हुने टोलीका खेलाडिहरु लाई तगमा लागाई सिल्ड दिनुको साथै नगद राशीको चेक हस्तान्त्रण गर्नु भएको थियो ।
हासिम हवारीको अध्यक्षता मा भएको प्रथम पटक बि.पि.एल क्रिकेट प्रतियोगीता नारायणि रंगशालामा निरन्तर रुपमा प्रत्येक वर्ष खेल हुने उहाँले बताउनु भयो । बि.पि.एलको सञ्चालन राजुल अनसारी ले गर्नु भएको थियो ।