सर्लाही – मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई सुतेकै कटेजमा मृत अवस्थामा फेला पर्नुभएको छ । सर्लाहीको लालबन्दी नगरपालिका –१३, पत्थरकोटमा रहेको होलिडे रिसोर्टको कटेजमा उहाँको शव शनिबार बिहान मृत अवस्थामा भेटिएको हो ।

नेपाल पत्रकार महासङ्घ सर्लाहीको ११ औँ वार्षिक साधारण सभामा सहभागी हुन भट्टराई शुक्रबार राति सर्लाही आइपुग्नु भएको थियो । सप्तरी सदरमुकाम राजविराज घर भएका ६७ वर्षीय भट्टराई शुक्रबार बेलुका खाना खाएर कटेजमा सुत्न जानुभएका थियो । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो ।

भट्टराईको निधनपछि नेपाल पत्रकार महासंघ सर्लाहीको साधारण सभा स्थगित गरिएको नेपाल पत्रकार महासङ्घ सर्लाहीका अध्यक्ष टङ्कबहादुर क्षेत्रीले जानकारी दिनुभयो । भट्टराई लामो समयदेखि पत्रकारीता क्षेत्रमा सकृय हुनुहुन्थ्यो ।

Leave a Reply