सिमरा,नेकपा एमाले मधेस प्रदेश कमिटी सचिवालय बैठक विभिन्न निर्णय गर्दै बिहीवार जनकपुरमा सम्पन्न भएको छ ।बैठकले प्रदेश कमिटीको पूर्णबैठक असार १३ र १४ गते बस्ने र सो बैठकबाट मधेसमा पार्टीलाई व्यवस्थित र सशक्त बनाउनको लागि थप कार्ययोजना बनाउने बताएको छ । साथै असार २ गते प्रदेस सभा सदस्यहरुलाई बिधायकी प्रकृया, नीति कार्यक्रम र बजेट निर्माण लगायतका विषयमा प्रशिक्षण दिने कार्यक्रम संचालन गर्ने निर्णय भएको नेकपा एमालेका केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले जानकारी दिनुभयो ।त्यसैगरी बैठकले असार ८ गते प्रदेस स्तरीय प्रचार भेला र असार ९ गते प्रदेस स्तरीय जनसंगठनको भेला आयोजना गर्ने निर्णय गरेको छ । बैठकले ८ वटै जिल्ला कमिटीको बैठक बसेर वार्षिक कार्ययोजना बनाउन निर्देशन गरेको इन्चार्ज भट्टराईले जानकारी दिनुभयो । प्रदेश कमिटीका अध्यक्ष रामअवतार यादवको अध्यक्षमा सम्पन्न बैठकमा केन्द्रीय सचिव तथा निवर्तमान मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठ, सहइन्चार्जहरु पुरुषोत्तम पौडेल, सुमन प्याकुरेल, अच्युत मैनाली, ज्वाला साह लगायतको सहभागिता रहेको थियो ।


















