नरेश गुप्ता
बरियारपुर,बाराको सिम्रौनगढ नगपालिका वडा नम्बर ९ को गरेटो बाटो भएर भारतबाट भन्सार छली ल्याइएको जुत्ता, लेडिज चप्पल र पटका सशस्त्र प्रहरीले बरामद गरेको छ ।
गोरेटो बाटो प्रयोग गरेर ३ जनो टाउकोमा बोकी नेपालतर्फ ल्याउदै गरेको भन्सार छलीको जुत्ता, लेडिज चप्पल र पटका बरामद गरिएको सशस्त्र प्रहरी १२ नम्बर गणका प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक संजिव पाण्डेले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी बल नेपाल, बि.ओ.पि. गोलागंज मातहत रहेको फर्वाड बेस क्याम्प झरोखरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक विरेन्द्रकुमार सिंहको कमाण्डमा खटिएको मोटरसाईकल गस्ति टोलीलाई देखेपछि सामान छोडेर तस्करहरु फरार बनेको सहायक निरीक्षक सिंहले जानकारी दिनुभयो । बरामद सामान आवश्यक कारबाहीको लागि बि.ओ.पि. गोलागंजमा ल्याएर राखिएको उपरीक्षक पाण्डेले जानकारी दिनुभयो ।
त्यसैगरी सोमबार बेलुका जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ छातापिपरा चोकमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश क्याम्प जीतपुरबाट सशस्त्र प्रहरी निरीक्षक भिमनिधि खनालको नेतृत्वमा खटिएको टोलीले वीरगन्जबाट काठमाण्डौतर्फ जादै गरेको सार्वजनिक सवारी साधन चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छली भारतबाट काठमाण्डौतर्फ लैजादै गरेको अवस्थामा १ लाख मूल्य बराबरको सुटिङ्गको कपडाहरु बरामद गरी आवश्यक कारबाहीको लागि सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश क्याम्प जीतपुरमा राखिएको सशस्त्र प्रहरी १२ नम्बर गणका गणपती रबिनराज कर्णजितले जानकारी दिनुभयो ।