नरेश गुप्ता
बरियारपुर,नेपाल पत्रकार महासंघ बारा शाखाको बिहिबार सम्पन्न पहिलो बैठकले कोरोना महामारीको लागि क्विक रेस्पोन्स टिम गठन गरेको छ । जिल्लाको बडहर्वामा कार्यबाहक अध्यक्ष रामबाबु मेहताको अध्यक्षतामा बसेको बैठकले ९ सदस्यीय समिति पनि गठन गरेको हो । समितिको सदस्यमा महासंग सचिव अनिलकुमार गौरब, उपाध्यक्ष लक्ष्मी पाण्डे, सहसचिव रन्जन यादव, अनिल पाण्डेय, प्रदिप गौतम, जियालाल चौधरी, नरेश गुप्ता र ईन्दिप कोईराला रहनुभएको छ । महासंघले कोरोना महामारीको बेलामा पनि पत्रकारहरुकोलागि कुनै राहत उपलब्ध गराउन नसकेको भन्दै गुनासो बढेपछि महासंघले रिस्पोन्स टिम गठन गरेको हो । त्यसैगरी बैठकले कोभिड १९ को महामारीको बेला पत्रकारको सुरक्षा र हकहितको लागि कल्याण कोष स्थापना तथा संक्रमित पत्रकारको लागि आफ्नै भवनमा आईसोलेसन वार्ड तयारी अवस्थामा राख्ने निर्णय पनि भएको कार्यवाहक अध्यक्ष मेहताले जानकारी दिनुभयो । बाराबाट केन्द्रिय सद्स्यमा निर्वाचित सुभास साह र प्रदेश न २ मा सदस्य निर्वाचित महेश्वर अधिकारीलाई धन्यवाद ज्ञापन व्यक्त गर्ने निर्णय पनि बैठकले गरेको छ । महासंघका अध्यक्ष रेशम तिवारी जिल्ला बाहिर रहनुभएकोले उपाध्यक्ष मेहताको अध्यक्षतामा बैठक बसेको हो ।