सेढवा,पर्साको जिराभवानी गाउँपालिकामा रहेको एक सहकारी संस्थाले आफ्ना सदस्यहरुको लाखौ रुपैया ठगी गरेको संस्थाका सदस्यहरुले आरोप लगाएका छन ।

जिराभवानी गाउँपालिका वडा नम्बर २ मा रहेको झिरझिरिया माई बचत तथा ऋण सहकारी संचालकहरु सदस्यहरुको लाखौ रुपैया लिएर संस्था नै बन्द गरी भागेका छन ।

संस्थामा बचत गरेको रकम समेत फिर्ता नगरी उपभोक्तालाई ठगेको स्थानीयले आरोप लगाएका छन । उपभोक्ताहरुले बचत गरेको रकम फिर्ता माग्न जादा संस्थाका अध्यक्ष भाग्यनारायण साहले संस्था बन्द भएकोले पैसा नदिने बताएपछि पैसा माग्न गएका उपभोक्ता हरिनारायण शर्माले संस्थाविरुद्ध शनिबार ईलाका प्रहरी कार्यालय सेढवामा उजुरी दिएका छन । शर्माको उक्त संस्थामा २९ हजार रकम बचत रहेकोे पासबुकमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here