आज मंसिर १ गते, अबको तीन दिनपछि नेपालमा गणतन्त्र स्थापनापछि दोश्रो पटक आम चुनाव हुदैछ । २०६४ र २०७० को संबिधान सभाको चुनावपछि २०७४ मा र अहिले आम निर्वाचन हुन लागेको हो । निर्वाचन नजिकिदै गर्दा चुनावी प्रतिस्प्रर्धाका रहेका उम्मेदवारहरु पनि प्रचारप्रसारमा जुटेका छन् यद्यपि यो प्रचारको समय पनि अब घर्किदैछ । यसपालीको चुनाव अलि बढी रोचक पनि छ । चुनाव रोचक हुनुका पछाडी कयौं कारण छन् तर युवाहरुको अवस्थाको बिषयमा भने रोचक छ ।

यसपाली केही युवाहरु चुनावी मैदानमा छन् । जस्तै स्थानीय चुनावमा काठमाडौंमा उठेका बालेन्द्र साहले जिते र उनी मेयर भए । यस्तै उम्मेदवार अहिले छन् र उनीहरुले जितेमा उनीहरु पनि सांसद हुनेछन् । यद्यपि यो परीक्षामा उनीहरु कति सफल होलान् भन्ने कुरा महत्वपूर्ण हो । स्वतन्त्र नै भएपनि,कुनै पार्टीमा आवद्ध नै भएपनि अहिले केही नयाँ अनुहारहरु चुनावी मैदानमा छन् ।

उनीहरुको भविष्य के होला भन्ने प्रश्न उठे पनि यसको जवाफ भने जनताले नै दिने हो । यही जनताले पत्याए भने उनीहरु बिजयी हुने हुन् र नपत्याएपछि अर्को पाँच बर्षसम्म कुर्न पर्ने छ । युवाको भविष्य एक पटक असफल हुदैमा भने बिग्रदैन तर जनताको चाहना युवा भन्ने पनि देखिन्छ हेरौं युवा अनि नयाँले कति सफलता पाउने छन् चुनावमा ?

Leave a Reply