बिदुर खडका
डुमरवाना,नेपाल अपाङ्ग सेवा संघ बाराको आयोजनामा सिमरामा बिहीवार सर्वदलीय÷सर्वपक्षीय भेला सम्पन्न भएको छ ।
संघको कार्यालय सिमरामा भएको सो भेलामा अपाङ्गता भएकाहरुको समस्या र समाधानको उपायहरुको बारेमा सुझाव संकलन गरिएको थियो ।भेलामा अपाङ्गता भएकाहरुको सवालमा राजनीतिक, सामाजिक, आर्थिक र सास्कृतिकलगायतका विषयहरुको समस्या र समाधानको लागि छलफल गरि सुझाव संकलन गरिएको संघका जिल्ला अध्यक्ष गंगाप्रसाद वाग्लेले जानकारी दिनुभयो ।

भेलाका सहभागी वक्ताहरुले अपाङ्गता भएकाहरुको समस्या भाषणमा मात्र सिमित रहेको र यस विषयमा सबै राजनीतिक दलको दलीय धारणा पनि चुनावमुखीमात्रै भएको जनाएका थिए ।भेलामा संविधान सभा सदस्य जयराम दाहाल, नेकपा एमाले जीतपुरसिमरा नगर अध्यक्ष त्रिलोकविक्रम ठकुरी, जीतपुरसिमरा उपमहानगरपालिकाका उपमेयर भोला अधिकारी, नेकपा एमालेका नेता सुन्दर बिक, नेपाली काग्रेस नगर सभापती छवि शर्मा, काग्रेस नेतृ एवं प्रदेश सभा पूर्व सदस्य शोभा लामा, बिनोद सापकोटा, माओवादीका नगर अध्यक्ष प्रेम बराल, धनबहादुर श्रेष्ठ, रास्वपाका सुरेश केसी, राप्रपाका माधव त्रिपाठी, संञ्चारकर्मी बिदुर खडकालगायतको सहभागिता रहेको थियो ।

Leave a Reply