ठगि गर्ने क्रममा एक युवक पक्राउ ।

सिकिन्द्र साह

सिम्राैनगढ –  बारा जिल्लाकाे सिम्रौनगढ नगरपालिकाकाे वडा नम्बर १० देवापुर टेटामा नेपाल विधुत प्राधिकरणकाे नाममा पैसा उठाउनेलाइ पक्राउ गरेकाे छ । शुक्रबार बेलुका चार बजेकाे समयमा अजय गिरि नाम बताउने करैयामाइ गाउँपालिका वडा नम्बर ३ बजनिका आफू विधुत प्राधिकरणकाे कर्मचारी रहेकाे भन्दै स्थानियहरुसँग रकम असुल्दै गरेकाे अवस्थामा पक्राउ परेका छन् ।

 

 

 

घरमै बसि घरबति मिटर जडान गराइ दिन्छु भन्दै प्रती ब्यक्तीसँग पाँच सयकाे दरले रकम संकल्न गरिरहेकाे अवस्थामा देवापुर टाेलमै पक्राउ गरेकाे बारे इलाका प्रहरी कार्यालय सिम्राैनगढले जानकारी दिए । देवापुर कै  ओलिआलम अन्सारीले सिम्रौनगढ बिधुत प्राधिकरणको कार्यलयमा सोध्दा कुनै किसिमको गिरि कर्मचारी नरहेकाे जानकारी हुँनासाथ स्थानीयल पक्राउ गरी प्रहरीलाइ जिम्मा गलाएका थिए ।

 

 

 

ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक सुरेन्द्र तामाङकाे नेतृत्वमा आएकाे टाेलिलाइ स्थानिय बासिन्दाहरुले पक्राउ गरि प्रहरीको जिम्मा लगाइएको थियाे । साथै पक्राउ परेकाे गिरिकाे बारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक  तामाङले  बताए ।

Leave a Reply