वीरगञ्ज, २४ असोज ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार रमेश रिजालले ट्याक्टर दुर्घटनामा परि घाइते भएका पलट महतोको अस्पतालमै पुगेर स्वास्थ्य अवस्था बुझेका छन् । आइतबार उम्मेद्वारी दर्ताका लागि निस्केको र्यालीमा सहभागी भएका जिराभवानी गाउ“पालिका ३ का पलट महतो ट्याक्टर दुर्घटनामा पर्दा घाइते भएका थिए ।

उनको अहिले वीरगञ्ज स्थित तराई अस्पतालमा उपचार भइरहेको छ । महतोको स्वास्थ्य अवस्था बुझ्दै नेता रिजालले उपचारमा कुनै कमी नगर्न चिकित्सकलाई आग्रह गरे । कुनै समस्या परे आफू रहेको भन्दै उनले उपचारमा कुनै कमी नगर्न आग्रह गरेका हुन् ।

घाइते महतोको स्वास्थ्य अवस्था बुझ्न नेता रिजालस“गै क्षेत्र नम्बर ४ (क) का प्रदेशसभा सदस्य उम्मेद्वार शंकर चौधरी पनि स“गै पुगेका थिए ।

Leave a Reply