बसन्त लामा

सिंगौल,निजगढ नगरपालिकाको वडा नम्बर ३ पिपलटारस्थित हिमाल युवा क्लबले आयोजना गरेको खुल्ला नकाउट फुटबल प्रतियोगिताको उपाधि सिंगौल युवा क्लबले हात पारेको छ ।

सोमवार भएको अन्तिम खेलमा सिंगौल युवा क्लबले लालीगुँरास युवा क्लबलाई १÷० ले पराजित गर्दै उपाधि हात पारको हो । सिंगौलका शेखर लोप्चनले मध्यान्तरपछिको ४० औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाएका हुन । उपाधिसंगै सिंगौलले नगद २५ हजार रुपैया पुरस्कार जितेको छ । उपविजेता लालीगुँरासले भने ट्रफी र १५ हजार पुरस्कारमा चित्त बुझाएको छ । फाइनल खेलको उत्कृष्ट खेलाडीको उपाधिबाट सिंगौलका लालिगुँरासका सरोज मगर र रजित पुलामी मगर घोषित भएका छन ।

विजेता टोली र खेलाडीहरुलाई निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङ्गले ट्रफी र पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रतियोगिताको समापन कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष गोकुलप्रसाद तिमल्सिना, वडा सदस्य बुर्गान बल, चनी बिक, खडकबहादुर तिमल्सिना, निजगढ नगरपाकिला कार्यपालिका सदस्य मानबहादुर ड़ासेली, नेकपा एमाले बारा जिल्ला कमिटी सदस्य गणेशबहादुर लामा लगायतको उपस्थित रहेको थियो ।

सिगौलस्थित टाँसीर्धेलीङ बौद्ध गुम्बामा लाग्ने धार्मिक मेलाको अवसर पारेर गत कार्तिक १४ गते पिपलटाको खेल मैदानमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा सिंगौलका ११ वटा टोलीको सहभागिता रहेको थियो ।

Leave a Reply