वीरगन्ज,राष्ट्रिय व्यावसायिक पहल (एनबिआई) को १६औं वार्षिक साधारणसभा हेटौंडामा सम्पन्न भएको छ ।साधारणसभाबाट कुशकुमार जोशी पुनः अध्यक्षमा चयन हुनुभएको छ । जोशीको अध्यक्षतामा आयोजित कार्यक्रममा २५ सदस्यीय कार्यसमिति गठन भएको हो ।
नवगठित कार्यसमितिको सदस्यमा वीरगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा नेपाल भारत सहयोग मञ्चका केन्द्रीय अध्यक्ष अशोककुमार वैध एनबिआईको कार्यसमिति सदस्यमा पुनः चयन हुनुभएको छ ।
सम्पन्न साधारण सभामा बोल्दै वैधले एनबिआईको कार्यसमिति सदस्यको रुपमा रहेर गरेको कार्यको मूल्यांकन गर्दै पुनः कार्यसमिति सदस्यमा चयन गरेकोप्रति आपूm आभारी रहेको र संस्थाको उद्देश्य एवम् लक्ष्य पूरा गर्नको लागिसक्दो सहयोग गर्ने बताउनुभयो ।
वरिष्ठ उद्योगपती एवम् सफल व्यवसायीको रुपमा चिनिनुभएका वैध उद्योग, व्यापारको विकासको साथै विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदैआउनुभएको छ ।


















