आरके चौधरी

सखवाप्रसौनी,पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ३ का एक युवक विगत ३ दिनदेखि सम्पर्क विहिन बनेका छन । प्रभु चौधरी थारुका २३ वर्षीय छोरा मोतीलाल चौधरी थारु साउन १८ गते चितवन गएदेखि घर नफर्किएको पारिवारिक स्रोतले जनाएको छ । मंगलवार चितवनको बुद्ध चौकमा काम गर्ने ठेकेदारको साईडमा स्टिल सम्बन्धी काम गर्न गएका थारु सोही दिन राति ११ बजेदेखि आफुसँग पनि सम्पर्क नभएको ठेकेदार बलिराम चौधरीले बताउनुभयो ।

 

Leave a Reply