वीरगन्ज, १९ भाद्र/ नेपाली कांग्रेस पार्टी पर्साका जिल्ला सह सचिव नवीन सिंह पर्सा जिल्लाबाट फारर भएका छन् । जेनरल तथा लेप्रोस्कोपिक सर्जन डा. आशिफ अंसारीको विरुद्धमा हिंसात्मक आन्दोलन गरेको तथा डा. अन्सारीलाई ज्यानले मार्ने धम्की दिएको विरुद्धमा नेपाल चिकित्सक संघ पर्साले जाहेरी दरखास्त दर्ता गराएको थियो ।

नेपाली कांग्रेस पार्टी पर्साका जिल्ला सह सचिव सिंह पर्सा प्रहरी कै मिलोमतोमा घुम्दै आएको आरोप लागेको छ ।
नेता सिंह आज बिहान वीरगंजबाट ११ बजेको समयमा आफ्नो गाउ“ छिपहरमाई गाउ“पालिका ज्यादै गरेको खबर प्रहरीलाई थाह हु“दा समेत प्रहरीले केही नगरेको नेपाल चिकित्सक संघ पर्साले जनाएको छ ।

यता पर्सा प्रहरीले खोज तलास गर्दा उनी नभेटेको बताएको छ । खोज तलास जारी छ भेट्न बितिकै समातेर मुदाको प्रक्रिया अगाडी बढाइने पर्सा प्रहरी उपरीक्षक रमेश बस्नेतले बताउनु भयो ।

नेपाल चिकित्सक संघ पर्साले नेपाली कांग्रेस पार्टी पर्साका जिल्ला सह सचिव सिंहको विरुद्धमा जाहेरी दर्ता गराए पछि नेता सिंह वीरगन्जबाट फरार भएको बताइए पनि उनी लुकी छिपी वीरगन्ज मै बस्दै आएका छन् । डा.अन्सारीको ज्यान मार्ने धम्की दिएका नेपाली कांग्रेसका पर्साका जिल्ला सह सचिव सिंह माथि नेपाल चिकित्सक संघ पर्साले जिल्ला प्रसाशन कार्यालय पर्सा मातहत ज्ञापन पत्र बुझाई जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दर्ता गराए थियो ।

पर्सा प्रहरीको आवश्यक कार्यवाहिबाट बच्नको लागी उनी वीरगंजबाट अन्त्त तर्फ प्रस्थान गरेको बताइन्छ तर उनी यतै लुकी छिपी बस्दै आएका छन् । नेता सिंह फरार भएको बारेमा अनभिग्यता जनाउदै पर्सा प्रहरीले ,‘हामि अहिले मुदाको अनुसन्धानमा लागेका छौ, पक्राउ गरिने ल्याइ हाल्छौ ।’ यस्तो घटना संलग्नलाई पर्सा प्रहरीले यथासिघ्र पक्राउ गर्ने दाबि समेत पर्सा प्रहरीले गरेको छ ।

यस विषयमा नेता सिंह स“ग बुझन खोज्दा म माथि कुनै किसिमको मुदा दर्ता नभएको बताउनु भयो , साथै उहा“ले बताए अनुसार ञम माथि कुनै किसिमको मुदा दर्ता भएको छैन । म बिहान ११ बजे जिल्ला प्रहरी कार्यालय पर्साबाट फर्केर आएको हो ।

यदि मुदा दर्ता भएको भए म लाई जिल्ला प्रहरी कार्यालय पर्सा बाट आउन मिल्थ्यो र ? भने उहा“ले बताउनु भयो । साथै यस्तो घटना संलग्नलाई कारबाहीको मा“ग गर्दा मुदा चलाईयो भने भोलि अवस्था झन् खराब हुनेछ ।

गरिब को उपचारमा बारम्बार अप्रेशन गरी अवस्था खराब बनाई रेफर गरी आफ्नो संलग्नता हटाउन खोज्न मिल्दैन । हामीलाई न्याय चाहियो म न्यायको लागि आन्दोलन गर्या हो यस्तो काममा पनि मुदा चलाईयो भने भोलि आम नागरिकको सिधै हत्या हुन्छ कोई पनि बोल्न आउ“दैन ।

त्यसैले हामी न्यायको पक्षमा उभिएका छौं हामीलाई न्याय चाहियो र यो मुदा कुरा हावादारी हो यो हावादारी कुरा गरेर मेरो चरित्र हत्या गर्ने खोजिएको छ । म माथि कुनै जाहेरी दर्ता भएको छैन ।

Leave a Reply