बसन्त लामा

सिंगौल,निजगढ नगरपालिका वडा नम्बर ३ सिंगौल स्थित टाँसी धार्गेलिङ बौद्ध गुम्बामा रात्रि मेलाको आइतवार उद्धाटन भएको छ । निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले मेलाको आइतवार साँझ उद्धाटन गर्नुभएको हो ।

मेला उद्धाटन गर्दै नगरप्रमुख पुरीले व्यवस्थित र सभ्य रुपमा संचलन गर्न आयोजकहरुसंग आग्रह गर्नुभएको थियो । मेला र पर्वहरुले मौलिक संस्कृतिको जर्गेना गर्न मद्दत गर्ने भन्दै यसलाई भडकिलो र खर्चिलो बनाउन नहुने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, वडा अध्यक्ष गोकुल तिमल्सिना, निजगढ खानेपानी संस्थाका अध्यक्ष सुदर्शन कोइराला लगायतको उपस्थिति रहेको थियो ।

विगतका वर्षहरुमा ४ दिनसम्म लाग्दै आएको सो मेला यसपटक भने ३ दिनसम्म मात्रै लाग्ने भएको हो । पित्रृको सम्झनामा कार्तिक पुर्णिमाको दिन तामाङ समुदायले गुम्बामा रातभर बत्ति बाल्ले र सोही दिन गुम्बा समितिले मेला पनि लगाउने गर्दैआएको छ । सो गुम्बामा बत्ती बाल्न आउने श्रद्धालुहरुको मनोरंञ्जनको लागि ३९ वर्ष अघिबाट मेला समेत लाग्दै आइरहेको गुम्बा व्यवस्थापना समितिका अध्यक्ष सुकराम जिम्बाले बताउनुभयो । उक्त स्थानमा बत्ति बाल्न र मेला भर्न मकवानपुर, रौतहट, पर्सा, सिन्धुली र काभ्रे जिल्लाका विभिन्न स्थानहरुबाट श्रद्धालुहरु आउने गरेको जिम्बाले जानकारी दिनुभयो । साबिक भरतगज सिंगौल गाविस वडा नम्बर ४ मा तामाङ समुदायको बाक्लो बस्ती रहेकोले २०४१ सालमा टाँसीधार्गेलीङ बौद्ध गुम्बा स्थापना गरिएको हो । गुम्बा स्थापना कालमा पितृको सम्झनामा बत्ति मात्र बाल्दै आइएकोमा पछिल्ला वर्षहरुमा गुम्बा परिशरमा मेला समेत लगाउन थालिएको गुम्बाका प्रमुख लामा ओमसाँङले बताउनु भएकोछ । मेलामा श्रद्धालहरुको मनोरञ्जनको लागि विद्युतीय रोटेपिङ, झुला, इलेक्ट्रोनिक रेल, ड्राइग रेल र इलेक्ट्रोनिक हेलिप्याड जस्ता साधनको बेवास्था गरिएको छ । मेलामा चर्चित गायक उर्गेन दोङ लगायत अन्य ख्याति प्राप्त कलाकार र स्थानीय कलाकारहरुको समेत सांगितिक प्रस्तुत गर्ने कार्यक्रम रहेको मेला व्यवस्थापन समितिको उपाअध्यक्ष कारण बलले जानकारी दिनुभयो ।

Leave a Reply