पुष्पराज खतिवडा
मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ र १८ का बासिन्दाले जंगली बाँदरको आतंक नियन्त्रणको लागि नगरपालिकासंग सहयोग माग गरेका छन ।
बाँदरको बथानले बाली खाएर हैरान पारेपछि वडा नम्बर १६ डकाहा र वडा नम्बर १८ को माथिल्लो बडहर्वाका किसानले उपमहानगरपालिका कार्यालयसंग नियन्त्रणको लागि सहयोग माग गरेका हुन ।
‘बाली खाएर सखाप पारिसक्यो, स्थानीय किसान शम्भु वाइवाले भन्नुभयो, किसानको कुनै सीप चलने नगरपालिकाले सहयोग गरिदिएहुन्थ्यो ।’ उहाँका अनुसार देशका अन्य पालिकामा पनि बाँदरले किसानलाई दुख दिने गरेको र स्थानीय सरकारले बाँदर धपाउन मेशिन सहयोग गरेकोले अफूहरुलाई पनि त्यस्तै सहयोग गरिदिएहुन्थ्यो ।’
अर्का किसान शिवकुमार कार्कीका अनुसार आवादी जमिनसंगै जोडिएको वन क्षेत्रबाट पसेर बाँदरले किसानले दुख गरेर लगाएको बाली भित्र्याउने बेलामा खाएर नष्ट पार्न थालेको हो । उहाँ अनुसार बाँदरले धान, मकै, मास र उखुबाली खाएर नोक्सान गर्ने गरेको छ ।
किसानहरुले उपमहानगरको दुबै वडाहरु हुदै बग्ने मौवा पैनी किनारका बाँस पिठारी लगायतका रुखहरुमा बसेर आसपासको बाली बाँदरले खाएर नोक्सान गर्ने गरेको छ । उनीहरुका अनुसार ठूलो संख्यामा रहेको बाँदरले दिनभरि पैनी किनारका रुख र बाँसघारीमा बसेर रात परे खेतबारीमा आएर किसानको भित्र्याउने बेला भएको बाली खाने गरेको र लाखौंको क्षति पुर्याउदै आएको छ ।