यो मुलुकको छुट्टै संयन्त्रको रुपमा अख्तियारलाई लिने गरिन्छ । देशमा भ्रष्ट्राचार बढ्यो भने वा भ्रष्ट्राचारजन्य कृयाकलाप बढ्यो भने सरकारले यसको नियन्त्रणमा लिनका लागि भन्दै अख्तियारको स्थापना गरेको हो । अख्तियारको रुप शाही कालमा पनि थियो तर नाम फक थियो । वास्तवमा भ्रष्ट्राचार नियन्त्रणका लागि स्थापना गरिएको यो संयन्त्रको आफैमा महत्व छ ।

तर, यसलाई राजनीतिक रुप दिने गरिन्छ र यसको भूमिका पनि निष्पक्ष नहुँदा प्रश्न उठ्ने गर्दछ । पछिल्लो समय प्रदेश २ को मुख्यमन्त्रीको कार्यालयमा अख्तियारको छापा परेपछि अख्तियार बिरुद्ध मुख्यमन्त्रीको पार्टी जसपाका नेता कार्यकर्ताहरुले बिरोध गरेका छन् । अख्तियारको बिरोध आफैमा जायज छैन तर उनीहरुले उठाएको एउटा बिषय भने महत्वपूर्ण छ ।

अख्तियार सिंहदरबारभित्र पनि पसोस् अथवा शीर्ष भनिएका र ठूला नेताहरुले पनि भ्रष्ट्राचार गरेका छन् भन्ने आरोप उनीहरुको छ र घटनाक्रमले पनि केही संकेत गर्दछ । त्यसैले पनि मुख्यमन्त्रीको कार्यालयमा छापा मारिनु गलत होइन तर जसरी मुख्यमन्त्रीको कार्यालयमा छापा मारिएको छ । त्यसरी नै सिंहदरबार वा ठूला नेता संलग्न काण्डमा पनि छानबिन होस् भन्ने उनीहरुको माग चाही महत्वपूर्ण छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here