आरके राजन
सिम्रौनगढ,ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराको टोलीले सिम्रौनगढ नगरपालिका वडा नम्बर २ महुवाहीस्थित सडक खण्डबाट ८५ हजार नक्कली नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।ईप्रका सिम्रौनगढका प्रहरी निरीक्षक नविन राईको कमाण्डमा खटिएको प्रहरी टोलीले सिम्रौनगढको नयकाटोलतर्फ जादै गरेको अनटेष्ट होण्डा साईन मोटरसाइकल रोकेर चेक जाँच गर्ने क्रममा सिम्रौनगढ नगरपालिका वडा नम्बर २ महुवाही बस्ने वर्ष ३५ को छठु गिरीलाई एक हजार दरको ८५ वटा नक्कली नोटसहित शुक्रवार नियन्त्रणमा लिएको हो ।पक्राउ परेका गिरीलाई खोटा मुद्रा सम्बन्धि कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बारा कलैयाबाट ८ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

















