सिकिन्द्र साह
सिम्रौनगढ,सिम्रौनगढ नगरपालिका वडा नम्बर १० स्थित देवापुरटेटामा बुधवार राति आगलागीमा परेर ५ वटा बाख्रा जलेर मरेका छन ।
स्थानीय जङ्गी पासवानको घरमा राति ११ बजेको समयमा आगो लागेको हो । आगलागीमा परेर घर जेलेर पुर्णरुपमा नष्ट हुनुको साथै घरभित्र रहेको ५ वटा बाख्रा, लत्ताकपडा, खाद्यान्न र काठ तथा दाउरा पनि जलेर नष्ट भएको पीडित पासवानले बताउनुभयो ।
प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।


















