कतिपय शहरी स्थानमा भने अहिले मंसिर ४ मा हुने चुनावमा सवालमा स्वतन्त्र उम्मेदवारलाई मत दिने भन्नेहरुको जमात पनि बाक्लो नै देखिन्छ । यद्यपि यसले कत्तिको प्रभावकारी रुपमा काम गर्छ भन्ने कुराका लागि भने मंसिर ४ पछिको मत परिणामको अपेक्षा गर्न आवश्यक छ ।

त्यसो त स्वतन्त्र र स्वतन्त्र पार्टी गरी दुईखाले स्वतन्त्र उम्मेदवारहरु अहिले चुनावी मैदानमा छन् । त्यसो तर रबि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका त अब स्वतन्त्र भन्ने भएन तैपनि उसलाई पनि कतिपयले स्वतन्त्र रुपमा लिने गर्दछन् । उनीहरुमाथि पनि एउटा समूहको आश रहेको पाइन्छ ।
राजनीतिक दलहरुप्रतिको बितृष्णाका कारण पनि स्वतन्त्रतर्फ नागरिकहरुको भुकाब बढी भएको हो । हुन त बारा र पर्सा क्षेत्रको कुरा गर्ने हो भने त स्वतन्त्र भनिएका पार्टी र समूहको अस्तित्व कमै देखिन्छ । स्थानीय तहको चुनावमा पनि खासै देखिएन ।
स्वतन्त्र भए पनि दलकै बागी उम्मेदवारले बरु चुनाव जित्ने संभावना होला तर स्वतन्त्र भनिएकाहरुबाट भने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा चुनाव जित्ने सभावना कम छ तर यसका लागि पनि परीक्षा त गर्न आवश्यक छ । तैपनि स्वतन्त्रहरुबाट जुन आश गरिएको छ, थोरै संख्याको बिजयीले भने पनि यो संभावना कम नै रहनेछ । यो सरकार गठनका कुरा हुने भएकाले सानो जीतको समूहको भने अर्थ छैन ।

















