मनहर्वा,धर्मेन्द्र वास्तोलाको नेकपा बहुमत पार्टीका बारा जिल्ला संयोजक निरज कुमार साहले पार्टी परित्यागको घोषण गर्नुभएको छ ।
साहले शुक्रवार नेपाल पत्रकार महसंघ बारालाई एक पत्र लेखी पार्टी परित्याग गरेको जानकारी गराउनुभएको हो । साह विगत ६ बर्षदेखि नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गरेको नेकपाको पूर्णकालिन सदस्य भई बारा जिल्लामा सक्रिय हुदै आउनुभएको थियो ।
हाल बास्तोलाको पार्टी नेकपा बहुमतको जिल्ला संयोजक रहेकोमा स्वईच्छाले पार्टी परित्याग गरी स्वतन्त्र बस्ने ईच्छा लागेको साहले विज्ञप्तिमा उल्लेख गरिएको छ ।