राजन कुमार बानिया
पोखरिया,पर्साको धोबिनी गाउँपालिकाको सहयोग र शिबु डेभलपमेन्ट एण्ड ट्रेडिङ्ग सेन्टरको आयोजनामा किशोर किशोरीहरुको लागि ५ दिने जीवन उपयोग सीप सम्बन्धी तालिम बिहीवार सम्पन्न भएको छ ।धोबिनी गाउँपालिका वडा नम्बर ४ श्री कालीप्रसाद लाखे माध्यमिक विद्यालय लंगडीमा संचालन भएको सो तालिमको उद्धाटन वडा अध्यक्ष अबास मियाँ चुरिहारले गर्नुभएको थियो ।तालिममा ३५ जना किशोर किशोरीहरुको सहभागिता रहेको थियोे । समापन कार्यक्रममा वडा अध्यक्ष राजकिशोर पटेल, श्याम पटेल, शाखा प्रमुख जितेन्द्र चौहान, मदन सहनी, दिनेश कलवार, कमल ठाकुरलगायतको उपस्थिति रहेको थियो । तालिमका निरज पटेलले प्रशिक्षण दिनुभएको थियो ।

Leave a Reply