निजगढ,अज्ञात समूहले गोली प्रहार गरी बाल एकता बोडिङ्ग स्कुलका प्राचार्य ‘गुड्डु’ भनिने रुपेश सर्राफको हत्या गरेको विरोधमा सोमवार साँझ कलैयाको भरत चोकमा स्थानीयवासी र शिक्षकहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले नारासहित टायर बालेर प्रदर्शन गरेका हुन । प्रदर्शनका सहभागीहरुले हत्यारलाई तत्काल पक्राउ गरी कारबाही र शान्तिसुरक्षा कायम गरिनुपर्ने माग गर्दै प्रहरी प्रशासन विरुद्धसमेत नाराबाजी गरेका थिए ।प्रदर्शनमा सहभागी एन प्याब्सनका मधेस प्रदेश अध्यक्ष नन्दन यादवले सर्राफको हत्यरालाई प्रहरीले तत्काल पक्राउ गरी कारबाही नगरे मधेस प्रदेशभरिका निजी शिक्षण संस्थाहरु बन्द गरेर सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो । रुपेशमाथि सोमवार दिउँसो करिब १ बजे अज्ञात समूहले कलैया बजारमा गोली प्रहार गरेको थियो ।गोली लागेर घाइते भएका सर्राफलाई उपचारको लागि कलैयाको प्रादेशिक अस्पतालबाट थप उपचारको लागि वीरगन्जस्थित बयोधा अस्पताल लगिएको थियो । अस्पतालका चिकित्सकका अनुसार उहाँको उपचारको क्रममा निधन भएको हो । ‘गोली लागी घाइते भएका सर्राफको उपचारको क्रममा निधन भएको छ,’ जिल्ला प्रहरी कार्यालय बारा प्रवक्ता एवंम डीएसपी दधिराम न्यौपानेले भन्नुभयो, ‘घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ ।’विद्यालयबाट कलैया बजारतर्फ जाँदै गर्दा सर्राफमाथि कलैया उपमहानगरपालिका– ६ स्थित मदर्शा टोलमा रहेको पन्नादेवी माध्यमिक विद्यालयअगाडि मोटरसाइकलमा आएका २ जनाको समूहले पेट र छातीमा ३ राउण्ड गोली हानेको थियो । गोली लागेर घाइते भएका सर्राफलाई सुरुमा कलैया प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई वीरगञ्जस्थित वयोधा अस्पतालमा लगिएको हो ।यसैबीच सर्राफको हत्यामा संलग्न रहेको आशंकामा बारा प्रहरीले एक जना महिलालाई नियन्त्रणमा लिएको छ ।कलैया– १ निवासी महिलालाई बारा प्रहरीले उनको घरबाटै नियन्त्रणमा लिएको स्रोतले जनाएको छ । सर्राफको हत्यामा उनको संलग्नता हुन सक्ने प्रहरीको आशंका छ । यद्यपि पुष्टि नभएको उनको पहिचान प्रहरीले खुलाइएको छैन ।सर्राफको शव हाल पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको छ ।
एन प्याब्सनद्वारा विद्यालय बन्द आह्वान
कलैया,
निजी विद्यालय संचालकहरुको संस्था एन प्याब्सन बाराले नेशनल प्याब्सनका वरिष्ठ बारा जिल्ला उपाध्यक्ष एवम् बाल एकता बोर्डिङ्ग स्कूल कलैयाका संस्थापक रुपेशकुमार सर्राफको हत्याको विरोधमा मंगलवार जिल्लाका सबै विद्यालय, उद्योग तथा व्यापार बन्दको आह्वान गरेको छ ।एन प्याब्सन जिल्ला अध्यक्ष प्रभुलाल प्रसाद कुश्वाहाले सोमवार साँझ विज्ञप्ति जारी गरी हत्याको विरोधमा विद्यालय तथा कलकारखाना बन्द गर्न अपील गर्नुभएको हो ।कुश्वाहाको हस्ताक्षरमा जारी विज्ञप्तिमा आगामी २४ घण्टाभित्र हत्यारालाई पक्राउ गरी कानुनी कारबाही अगाडी नबढाइए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने पनि बताइएको छ । विज्ञप्तिमा सर्वसाधारणमाथि दिनदहाडैं गोली प्रहार गरी निर्मम हत्या गरेको घटनाप्रति घोर विरोध एवम् भ्रत्सना गर्दै दोषीलाई अभिलम्ब कडाभन्दा कडा कारबाही गर्न माग पनि गरिएको छ ।यता बारा प्रहरीका अनुसार हत्याको योजना बनाउने मुख्य योजनाकार एक महिलालाई पक्राउ गरिएको जनाइएको छ । प्रहरीले घटनाको ९० प्रतिशत अनुसन्धान पुरा भइसकेको पनि दाबी गरेकोछ । प्रहरीले सीसीटीभी क्यामराको फुटेजको आधारमा अनुसन्धान अघि बढाएको हो । हत्यामा संलग्नले प्रयोग गरेको नेपाली नम्बर प्लेटको मोटरसाइकलको नम्बरसमेत पहिचान भइसकेको प्रहरीको

Leave a Reply