सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका २१ स्थित अमलेखगंजमा एमालेको चुनावी सम्पर्क कार्यालय उद्घाटन भएको छ । नेकपा एमालेकी केन्द्रीय सदस्य एवम् बारा सहईन्चार्ज सरस्वतीदेवी चौधरीले कार्यालयको उद्घाटन गर्नुभयो ।
कार्यालयको उद्घाटन गर्दै एमाले नेतृ चौधरीले बारा क्षेत्र नं. ४ को समग्र विकासका लागि एमालेका उम्मेदवार विजयी हुनुपर्ने बताउनुभयो । जीतपुरसिमरा उपमहानगरपालिकाको निवर्तमान उपप्रमुख समेत रहेकी चौधरीले एमालेको जितपछि यस क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, खेलकुद, पर्यटन, अव्यवस्थित बसोबासलगायत सबै क्षेत्रको विकास हुने बताउनुभयो ।
स्थानीय तहको नेतृत्वमा रहदा आफूले उपमहानगरपालिका क्षेत्र भित्रको विकासलाई प्राथमिकतामा दिए जसैगरी एमालेको प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले काम गर्ने चौधरीको भनाइ छ ।
कार्यक्रममा एमालेका दिनेश्वर ठाकुर, गिता घले, भावना आचार्य, गोपाल घलान, खैरुनेसा अंसारी, बिजयकान्त झालगायतको उपस्थिति रहेको थियो ।
पार्टी कार्यालय उद्घाटनसंगै एमालेले उक्त वडामा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । राजकुमार साहको नेतृत्वमा दुई सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन भएको हो ।