सिमरा,बाराको अमलेखगंजबाट अवैध लागु औषध गाँजासहित बिहीवार एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ बस्ने ३१ वर्षीय दिपक बैजु रहेका छन् ।बैजुलाई ५ किलो ४ सय ग्राम गाँजासहित इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका– २१ अमलेखगंजस्थित सडकबाट पक्राउ गरेको हो ।बनेपाबाट पर्सा ठोरीतर्फ जाँदै गरेको ना.७ ख ७१३२ नम्बरको बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि प्रहरी आवश्यक अनुसन्धान गरिरहेको छ ।



















