धिरेन्द्र तिवारी

कलैया,मोटरसाइकल चोरीमा संलग्न ३ जनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको छ ।

कार्तिक २ गते कलैयाको बरगाछीबाट प्रदेश २–०३–०१३ प ४९५६ नम्बरको २ सय २० सिसिको कालो रातो रंगको पल्सर मोटरसाइकल चोरी गरेर त्यसका पार्टसहरु अर्काे मोटरसाइकलमा फिट गर्न लुकाएर खोलेर राखिएको अवस्थामा प्रहरीले फेला पारेको हो ।

पार्टसहरु खोलेर लुकाइछिपाई राख्ने कलैया उपमहानगरपालिका वडा नम्बर ८ निवासी २२ वर्षीय सोहेल अन्सारीलाई प्रहरीले कार्तिक ४ गते पक्राउ गरेको हो ।

बारा प्रहरीले विभिन्न मिति र विभिन्न स्थानबाट ५ थान मोटरसाइकल र अन्य २ जनालाई पनि पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ बैजनागपुर निवासी २० वर्षीय राकेश प्रसाद यादव र बाराकै बारागढी गाउँपालिका ४ बस्ने २४ वर्षीय रामकिशोर हजरा रहेका छन् ।

पक्राउ परेकाहरु विरुद्ध चोरी मुद्धामा आवश्यक अनुसन्धान भइरहेको बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । प्रहरीले बिआर ०५ ए एन २३०५, प्र. २–०३–००९ प ६८९४ र ना ३५ प १३७२ नम्बरको ३ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

 

Leave a Reply